पूर्वीचौकी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि मष्टामाण्डौ माविलाई

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी। डोटीको पूर्वीचौकी गाउँपालिकामा सम्पन्न छैटौँ स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मष्टामाण्डौ माध्यमिक विद्यालय, पूर्वीचौकी–७ पोखरीले जितेको छ।

जिल्ला वन डोटी

सरस्वती माध्यमिक विद्यालय सानागाउँमा पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मष्टामाण्डौ माविले १४ स्वर्ण, ५ रजत, र ५ कांस्यसहित प्रथम स्थान हासिल गरेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

प्रतियोगितामा ७ स्वर्ण, १ रजत, र ४ कांस्य पदकसहित सरस्वती माध्यमिक विद्यालय, सानागाउँ दोस्रो स्थानमा रह्यो। यस्तै, शाजेन्द्रश्वर माध्यमिक विद्यालय, खिरसैनले ४ स्वर्ण, ११ रजत, र ६ कांस्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्‍यो।

विभिन्न ३० विद्यामा सञ्चालन भएको यस प्रतियोगिताका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.