दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङशिल्डका लागि सुदूरपश्चिम स्तरीय छनौटको मिति तय

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली -आज बसेको सुदूरपश्चिम खेलकुद परिषदको एक्काइसौं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिता २०८१ माघ २८ गतेदेखि फागुन २ गतेसम्म कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीमा सञ्चालन गर्ने निर्णय गरेको छ।

जिल्ला वन डोटी

बैठकले पन्ध्रौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता २०८१ फागुन १५ गतेभित्र सम्पन्न गर्ने र प्रदेशस्तरीय छनौट प्रतियोगिता २०८१ फागुन २२ देखि २४ गतेसम्म सञ्चालन गर्ने मिति पनि तय गरेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

बैठकले यी प्रतियोगिताहरूको सफल आयोजनाका लागि आवश्यक तयारी गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन परिषदले विशेष ध्यान दिने निर्णय गरेको छ।

खेलकुद परिषदका अनुसार, यी प्रतियोगिताले क्षेत्रीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको पहिचान स्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.