वीरेन्द्र मा.बी.घाङगलको ५०औं बार्षिकोत्सब  कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय, घाङगलको ५०औं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले विद्यालयको उन्नति र प्रगतिको कामना गर्दै सुधारका लागि आवश्यक पहल गरिने बताए। साथै, गाउँबाट बसाइँसराइ तीव्र रूपमा बढिरहेको हुँदा विद्यालय सञ्चालनमा चुनौती थपिएको उल्लेख गरे।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङले शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

वार्षिकोत्सव कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुति, सम्मान समारोह, तथा विद्यालयको ऐतिहासिक योगदान स्मरण गरिने गतिविधिहरू सम्पन्न भए। विगतदेखि विद्यालयको स्थापनामा योगदान पुर्‍याउने तथा विभिन्न समयमा सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान पनि गरियो।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायत स्थानीय समुदायको विशेष सहभागिता रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.