भैरब आधारभूत विद्यालयको ५१ औँ वार्षिकोत्सव सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डोटी: भैरब आधारभूत विद्यालय, बडीकेदार गाउँपालिका–३ चवालाको ५१औँ वार्षिकोत्सव तथा प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओली रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरबबहादुर साउद, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिला, बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेल लगायत विभिन्न वडा अध्यक्ष, जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, अभिभावक, शिक्षक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिव सिंह ओलीले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवाह गर्न स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
त्यसैगरी गाउँपालिका अध्यक्ष भैरबबहादुर साउदले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिकाले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रमा समेत थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण बोहराले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उपाध्यक्ष कलेलले विद्यार्थीको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा विद्यालयलाई योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.