सुदूरपश्चिममा माघ २८ देखि राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिता सुरू

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

धनगढी, – आगामी चैतमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिममा माघ २८ गतेदेखि खेलाडी छनोट प्रतियोगिता सुरू हुने भएको छ। प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै छनोट प्रक्रियाबारे जानकारी गराएको हो।

जिल्ला वन डोटी

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहका अनुसार छनोट प्रतियोगिता माघ २८ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ। धनगढीका विभिन्न स्थानहरूका साथै कञ्चनपुरमा पनि प्रतियोगिता आयोजना गरिने छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ३१ खेलमा सहभागी हुने छ, जसमा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कबड्डी, बास्केटबल लगायतका खेल समावेश हुनेछन्।

पोषण खाजा सम्बन्धि सन्देश

छनोट प्रतियोगितामा १,१९८ मेडल वितरण गरिनेछ, जसमा प्रथम स्थानका लागि ३२२, द्वितीय स्थानका लागि ३२० र तृतीय स्थानका लागि ४५६ मेडल रहनेछन्। प्रतियोगिताबाट छनोट भएका ७७६ खेलाडी र ४५० जना रेफ्री राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनेछन्। छनोट प्रतियोगितामा २,८०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। न्यून बजेटका बीच पनि खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा पठाउने तयारी भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.