खप्तड….

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

✍️ निर्मलकुमार भण्डारी
गो.न.पा.–४, बास्कोटा, कैलाली

बझाङ्ग, बाजुरा, डोटी र आछामको सङ्गमस्थलमा साझा चाँद र सुन्दर टोपीकोरूपमा रहेको सुदूरपश्चिमको नामुद् प्राकृतिक सम्पदा एवम् धार्मिक धरोहर हो खप्तड । जो समुद्र सतहबाट झण्डै १२ हजार फिटको उचाइमा रहेको छ । भौगोलिक अवस्थिति अनुसार २२ पाटन २५ मैदान, र ५३ पर्वतीय थुम्का थुम्की भएर रहेको खप्तड मौसम अनुसार फूल्ने रङ्गीचङ्गी फूल तथा हरियाली घाँसे मैदानले सुसोभित र नयानाभिराम रहेको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

समुद्रसतहबाट १२ हजार फिटको उचाइमा रहेर पनि त्यहाँको उच्च सतहमा जलस्रोत युक्त तथा गंगाभन्दा पनि पवित्र मानिने यौटा नदी स्वच्छ पवित्र एवम् सर्वदा निरवछिन्न गतिमा प्रवाहित भइरहेको छ । जसलाई त्रिवेणी भनिन्छ । त्यति उच्चता युक्त भू–खण्ड खप्तडको छातीमा तीन तिरबाट जलस्रोत प्रस्रवित भई एकै ठाउँमा सङ्गमित भएर बगेकोले नै त्यस पावन सरिताको नाम त्रिवेणीरहेको हो, जसमा स्नान गर्दा पवित्र गङ्गास्नान गरेको फल पाइन्छ भने त्यस नदितटमा श्राद्ध–तर्पण गर्नाले पितृहरु समेत प्रसन्न हुन्छन् भन्ने कुरा स्कन्दपुराणको मानसखण्डमा समेत वर्णित छ ।

जिल्ला वन डोटी

वस्तुतः नेपाल अधिराज्यान्तर्गत कैलास मानसरोवरबाट हिम नदीकोरूपमा प्रवाहित हुने कर्णाली नदीको पश्चिम भागमा रहेको एवम् राज्यबाट अतीतकाल देखिनै सौताने नजरले हेरिएको सुदूरपश्चिमको भूगोल नै मानसखण्ड हो, जसलाई मनुष्य जातिको उद्गमस्थल, मनुजीको तपस्थली, भाषा–संस्कृति एवम् मानव सभ्यता समुद्गमको माउथलो पनि भनिन्छ । यस मानसखण्ड भित्र स्थावर, जंगम र मानस तीर्थ गरी जम्मा ४० हजार तीर्थहरु छन् । जस माध्ये खप्तड, मालिका रामारोशन र सुर्मादेवी आदि प्रमुख एवम् पावन तीर्थस्थलहरु छन् भने कतिपय स्थानीय शक्तिशाली देवी–देवताहरुमा श्री भागेश्वर, घण्टेश्वर सिगास, उग्रतारा, मेलौली, निङ्गलाशैनी, शैलेश्वरी, केदार जस्तै अन्य विविध किसिमका देव शक्तिहरुद्वारा प्रतिष्ठित सुन्दर सुदूरपश्चिम नेपाल अधिराज्यको यौटा पुनीत र पवित्र धाम हो । यहाँका हिम श्रृङ्खलाहरुमा सौन्दर्यको रास छ । यहाँका हरेक पर्वतीय शिखरमा देवी– देवताहरूको बास छ । यहाँका नद–नदीहरुमा सङ्गीतको आवाज छ । अनि यहाँ प्रवाहित हुने स्वच्छ समीरहरूमा सुगन्धको आभास छ । त्यसैले सुदूरभएपनि सुन्दर आकर्षक र नयानाभिराम छ सुदूरपश्चिम ।

सुदूरपश्चिमको नयानाभिराम प्राकृतिक सम्पदा तथा पौराणिक आध्यात्मिक धरोहर सबैको निम्ति पर्यटकीय गन्तव्यस्थल एवम् प्रेरक स्वर्गिक भूगोल हो, जहाँ पुग्नेले आफूमा आध्यात्मिक उर्कष, हार्दिक प्रफुल्लता एवम् भावनात्मक नवीनता पाएको आत्मानूभूति अवश्य गर्दछ ।

मूलतः सम्बन्धित् क्षेत्रका स्थानीय जन–जिब्रोले अतीत देखि नै खापर दहको नामले उच्चाराण गर्दै आएको खप्तड यस दूर–सुदूरको यौटा सुरम्य प्राकृतिक गहना हो । जसले सुदूरपश्चिम प्रदेशलाईनै चित्ताकर्षक शोभनीय तथा सौन्दर्यमय बनाएको छ । शाब्दिक व्युत्पत्ति अनुसार खेचर शब्दबाट अपभ्रशं भई खप्तड नामाङ्कन भएको यस खेचर शब्दको अर्थः खे=आकास र चर=विचरण गर्ने वा आकासलाई छोउँछोउँ जस्तो देखिने भएर नै यसको वस्तुुतथ्य नाम खप्तड रहन गएको जनश्रुति पनि छ । जे होस् खप्तड यस सुदुर धरातलको पावन भू–स्वर्ग हो । जसभित्र सुदूरपश्चिम क्षेत्रको सर्वाङ्गीण समग्रता छ ।यस प्राकृतिक एवम् आध्यात्मिक धराधाम भित्र त्रिवेणी गङ्गा, खापर दह, सहस्त्र लिङ्ग, गणेश मन्दिर, नाग ढुङ्गा, केदार ढुङ्गा जस्ता देव प्रतीकहरु पनि रहेका छन् । ती सबै शक्तिका प्रतीक देव देवीहरुको स्थानीय प्रचलन र परम्परा अनुसार विविध समयमा यहाँ पूजा अर्चना गरिन्छ भने हरेक वर्षको गंगा दसहरा पर्वमा सदियौं देखि नै यहाँ भव्यमेला लाग्दै आएको पाइन्छ । जसमा समग्र सुदूरपश्चिमेली संस्कृति, सभ्यता र मान्यतामा आधारित गीत र सङ्गीतको रौनकता र तारतम्यता पाइन्छ ।

सामान्यतया गर्मी महिनादेखि जाडो यामको प्रारम्भ नभएसम्म जान सहज हुने स्थावर तीर्थ खप्तड क्षेत्रमा विगत ५० वर्षको लामो समयावधिसम्म छिमेकी राष्ट्र भारतका महान दार्शनिक चिन्तक, चिकित्सक, लेखक, तपस्वी र वैज्ञानिक जस्ता मानिने एक अलौकिक परम्पुरुष श्री सच्चिदानन्द स्वामी सरस्वतीले विविध साधना, उपासना, स्वाध्यायन एवम् लेखनमा आफ्नो शताब्दी भन्दा सुदीर्घ जीवन विताएर ब्रह्मलीन भएका थिए । देश–विदेशका कतिपय रमणीय स्थानमा परिभ्रमण गर्दै  यस खप्तडमा रमाएर आफ्नो उत्तरार्ध जीवनयात्रालाई सफल बनाउँदै मुक्तिमार्ग पहिल्याएका श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती खप्तड स्वामीको पवित्र तपोभूमि यस खप्तड क्षेत्रमा उनले ५० वर्षसम्म साधना गरेको पवित्र कुटी अद्यपि संरक्षित छ भने, खप्तड मै बसेर लेखन साधना गरेका उनका अनमोल पठनीय ग्रन्थ– विचार–विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्यका साथै धर्म विज्ञान (भाग–१,२,३ र ४) समेत लेख्दा नेपाल सरकारले ती सबैलाई प्रकाशन गरी नेपाली जनजीवनलाई सहज प्राप्त हुने व्यवस्था गराउन देशका हरेक पुस्तक पसलहरुमा विक्रि–वितरणका लागि संप्रेषण समेत गरेको छ । यस अर्थमा खप्तड धाम यौटा शैक्षिक उन्नयनको स्रोेत पनि हो ।

समग्रमा खप्तडको सौन्दर्यानुभूतिलाई आत्मसात गरेर यस क्षेत्रका कतिपय प्रतिभाशाली स्रष्टाहरुले यसको सर्वसम्मत पक्ष र गौरव गरिमाको विषयमा महाकाव्य, कविता, लेख– रचना तथा गीति एल्वम समेत सार्वजनिक गरेका छन् । अस्तु ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.