देशका पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

मन्त्रालय सन्देश १

काठमाडौं: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको जनाएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भूभागमा एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

काठमाडौंको त्रिभुवन विमानस्थल क्षेत्र, गोङ्गबु आसपासका स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। शुक्रबार राति पनि पहाडी क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

पुडासैनीका अनुसार न्यूनचापीय प्रणालीको प्रभावले भोलि (शनिबार) कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने तथा सबै प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ।

आइतबारदेखि भने मौसममा सुधार आउने अपेक्षा गरिएको छ। महाशाखाका अनुसार आइतबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने भए पनि अन्यत्र मौसम मुख्यतया सफा रहनेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.