घण्टेश्वर मावि कुँडिकोटलाई दुई तारे विद्यालय घोषणा संगै चार अक्षयकोष स्थापना

मन्त्रालय सन्देश १

डोटी, – जोरायल गाउँपालिका-४, कुँडिकोट स्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयलाई खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा दुई तारे विद्यालय घोषणा गरिएको छ। जोरायल गाउँ पालिका र युनिसेफ नेपालको साझेदारीमा संचालित वास कार्यक्रम अन्तर्गत दुई तारे विद्यालय घोषणा गरिएको थियो।यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ।

त्यस्तै विद्यालय र  विद्यार्थीहरूको शिक्षामा महत्वपूर्ण योगदान गर्ने उदेश्यका साथ जम्मा रु ४ लाख ३४ हजार ५ सय २७ को चारओटा अक्षयकोषको स्थापना भएको छ ।कार्यक्रममा जोरायल गाउँपालिका-२ का वडा अध्यक्ष वीरबहादुर दर्लामी र उनका भाइ दानबहादुर दर्लामीले रु १लाख ११ हजर १सय ११ को कर्णबहादुर-पार्वतीदेवी दर्लामी अक्षयकोष स्थापना गरेका छन।

पोषण खाजा सम्बन्धि सन्देश

त्यस्तै, जोरायल गाउँपालिका-३ बेलटुक्राका चेतराज, नन्दराज, जीतराज र बिष्णुराज भण्डारी (चार भाइ) ले आफ्ना स्वर्गीय बुवाको सम्झनामा रु १ लाख १हजार १सय ५५ को कामदेव नवराज भण्डारी छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्।

विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रोकाया र उनका भाइ महेशकुमार रोकायाले रु १लाख ११ हजार १ सय११ को हरी दीपकला रोकाया विद्यालय हित अक्षयकोष स्थापना गरेका छन्।

जिल्ला वन डोटी

कार्यक्रममा विद्यालयका  शिक्षक लालबहादुर खड्काले रु १लाख ११हजार १सय५० को सहयोगमा डम्मर कुमारी देवी छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्।

त्यसैगरी, विद्यालयको वार्षिक परीक्षा नतिजा प्रकाशन गरिएको थियो भने विद्यालयमा ३६ वर्ष सेवा पुर्‍याएर स्वैच्छिक अवकाश लिएका शिक्षक युवराज चापागाईंको बिदाइ गरिएको थियो। शिक्षक चापागाईंले विद्यालयको शैक्षिक उन्नयनमा पुर्‍याएको योगदानलाई विद्यालय परिवार तथा अभिभावकहरूले उच्च सम्मान व्यक्त गरेका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासनिक अधिकृत गणेशदत्त भट्ट, वडा नम्बर २ का वडा अध्यक्ष वीरबहादुर दर्लामी, नेकपा एमाले डोटी जिल्ला कमिटी सचिव पदमराज भट्ट ,जनप्रतिनिधि, शिक्षा अधिकृत तेज बहादुर खत्री, विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रतिनिधि, अक्षयकोष दाता, सुरक्षाकर्मी, सञ्चालन कर्मी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले विद्यालयको शैक्षिक उन्नयनमा सामुदायिक सहयोगको महत्त्वलाई उल्लेख गर्दै अक्षयकोष स्थापनाले विद्यार्थीहरूलाई निरन्तर सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, अभिभावक, विद्यार्थी तथा स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। अध्यक्ष ओझाले शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक स्रोत साधन तथा नीतिगत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

यस महत्वपूर्ण अवसरमा उपस्थित सबैले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.