प्राकृतिक सौन्दर्य र जैविक विविधताको नयाँ गन्तव्य : महाभारत लेकको लामिताल क्षेत्र

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी- डोटी जिल्लाको जोरायल गाउँपालिका र शिखर नगरपालिकाको संगमस्थलमा अवस्थित महाभारत लेकको लामिताल क्षेत्र आन्तरिक पर्यटकहरूको लागि आशाजनक नयाँ गन्तव्यका रूपमा स्थापित हुँदैछ। हरियालीले ढाकिएको शान्त वातावरण, विविध बन्यजन्तुको अवलोकन र प्राकृतिक सौन्दर्यको अनुपम अनुभव लिन चाहनेहरू लामितालतिर आकर्षित हुन थालेका छन्।

घना वनस्पति, स्वच्छ हावा, बन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनका साथै लामिताल क्षेत्र आफ्ना हरिया पाटन र मौसम अनुसार फुल्ने रङ्गीचङ्गी फुलहरूले पनि विशेष आकर्षण थपेको छ। वसन्त र वर्षात्का समयमा यहाँका फुलहरू फूल्दा समग्र क्षेत्र नै रंगीन र मनमोहक देखिन्छ। हरिया पाटनको काखमा बसेर शीतल हावासँग रमाउनु र रङ्गीन फुलहरूको घुम्टोमा हराउनु पर्यटकहरूका लागि अनौठो अनुभव बन्न थालेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

विशेषगरी स्थानिय युवा, विद्यार्थी समूह, परिवार र साथीहरूको टोलीले लामिताल क्षेत्रलाई बनभोज (पिकनिक) तथा सामूहिक घुमघामका लागि रोज्ने गरेका छन्। हराभरा जङ्गल, फुलले ढाकिएका पाटनहरू र शान्त वातावरणमा समय बिताउन आउनेहरूको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दो छ।

जिल्ला वन डोटी

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार लामिताल क्षेत्रको पर्यटन विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा पूर्वाधार विस्तारका कामहरू अघि बढाइएका छन्। हाल जोरायल गाउँपालिका–३ स्थित पुर्खे गाउँसम्म सवारीसाधन पुग्न सक्ने सडक निर्माण सम्पन्न भइसकेको छ। त्यहाँबाट करिब डेढ घण्टाको रमाइलो पैदलयात्रा पछि लामिताल क्षेत्रमा पुग्न सकिन्छ।

अध्यक्ष ओझाले बताएअनुसार, “लामिताल क्षेत्रको व्यवस्थित विकासले आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ, स्थानिय युवा र समुदायलाई समेत रोजगारी र अवसर सिर्जना हुनेछ। सडक पहुँचसँगै लामिताल क्षेत्रको पर्यटकीय सम्भावना झनै उजागर हुनेछ।”

पर्यटन प्रवर्द्धनका लागि लामिताल क्षेत्रमा पदमार्ग सुधार, विश्रामस्थल निर्माण, सूचना र संकेत बोर्ड स्थापना भएका छन्। साथै, प्राकृतिक सम्पदा संरक्षणमा विशेष ध्यान दिँदै दिगो पर्यटन विकासका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।

प्राकृतिक सौन्दर्य, हरिया पाटनहरू, रङ्गीचङ्गी फुलहरूको दृश्य, बन्यजन्तु अवलोकन र बनभोजको अवसरले भरिएको लामिताल क्षेत्र सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण आन्तरिक पर्यटन केन्द्रको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.