सिद्धान्त भुलेर बाटो बिराएका कम्युनिस्टहरु

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

✍️सन्तोषी ओझा (भण्डारी) गन्यापधुरा गाउँपालिका डडेल्धुरा

अर्थतन्त्रको इतिहास हेर्दा ली क्वान यूले सिंगापुर बनाए, महाथिर मोहम्मदले मलेसिया बनाए, पल कगामेले रुवान्डा बनाए तर नेपाल कसले बिगारे प्रश्न यहीँबाट सुरु हुन्छ । नेपालका राजनीतिकर्मीमा इमानदारिता , नैतिकता र जिम्मेवारीपन भएन राजनीतिलाई गरी खाने पेसा भयो । जब राजनीतिज्ञमा पदीय लालच र आर्थिक विचलिन हुने प्रबृत्ति हुन्छ तब मुलुक कहिलै माथि उठ्नै सक्दैन ।

पोषण खाजा सम्बन्धि सन्देश

सामान्यतया राज्यव्यवस्थामा श्रमको यथोचित फल मिल्नुपर्छ र पुँजीवाद तथा सामन्तवादलाई सङ्घर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्नुपर्छ भन्ने विचार माक्र्सवाद हो र किसान, मजदुर र सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा ल्याउने र राष्ट्रिय पुँजी तथा उत्पादनमा समान हक र उपभोग कायम गर्ने राजनीतिक सिद्धान्त नै लेलिनवाद हो । यि दुवै वादलाई नेपालका कम्युनिस्टले आत्मसात गरेको पाईन्छ ।

जिल्ला वन डोटी

समुदाय स्वयंले आफ्ना कार्य गर्नु सम्भव हुनु सरकारको आवश्यकता महसुस नगरीकन समाज एक किसिमको परिवारसरह हुने हुँदा हरेक व्यक्तिलाई उसको सरोकार र आवश्यकताअनुसार उपभोगका सामग्री समानुपातिक वितरण गर्न सकिने सिद्धान्तमा विश्वास राख्ने राजनीतिक तथा आर्थिक सिद्धान्त कम्युनिजम हो त्यहि सिद्धान्तलाई आत्मसात गर्ने कम्युनिस्ट हुन ।

कम्युनिस्ट पार्टीको संस्थापक नेता पुष्पलाल वि.सं. १९९७ सालमा आफ्नो दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नुभन्दा एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्” भन्ने दाजुको प्रेणादायी शब्दबाट प्रभावित भई पुष्पलालले २००६ साल बैशाख १० गते कम्युनिस्ट पार्टीको स्थापना गरी राणा विरोधी आन्दोलनका अगुवाईको काम गरे ।

जनताको बहुदलीय जनवादका प्रतिपादक नेता मदन भण्डारीले कम्युनिस्टहरुले भड्काउ गरेर लावालस्कर लगाएर सवारी गर्न सुहाउँदैन यस्तो कम्युनिष्टको आचरणमा सुहाउँदैन भन्ने मान्यता राख्ने कम्युनिस्टहरुको शैलीमा कुनै राजा महाराजाको भन्दा कम छैन । जनताबाट निर्वाचित हुने तिनै मतदाताबाट असुरक्षित महसुस गर्दा कस्तो चरित्र वा डर होला ।
कम्युनिस्टको पार्टी स्थापनाकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ६ जना प्रधानमन्त्रीले पटक पटक सत्तामा पुगे पनि २०५१ सालमा नेपालका ३० औ प्रधानमन्त्री बनेका दिवंगत नेता मनमोहन अधिकारीका अर्थमन्त्री स्व. नेता भरतमोहन अधिकारीेले बाहेक कुनै प्रधानमन्त्री तथा मन्त्रीले राम्रोसँग प्रफमेन्स देखाउन सकेनन । अधिकारीले मासिक एक सय रूपैयाँबाट वृद्धभत्ता सुरुवात र आफ्नो गाउँ आफैँ बनाऔं भन्ने जस्ता लोकप्रिय कार्यक्रम ल्याएर आफुलाई सफल अर्थमन्त्री अर्थात कम्युनिस्ट नेताका रुपमा चित्रण गरेका थिए ।

शासनमा जनताको सर्वोच्चता कायम गराउने समाजवादी राजनीतिक सिद्धान्तको मान्यता बोक्ने कम्युनिस्टहरु पटक पटक सत्तामा पुग्दा समेत दिवंगत नेता मनमोहन अधिकार बाहेक अन्य कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले जनअपेक्षा बमोजिम सम्झन लायक कार्यक्रम ल्याउन सकेनन बरु जनताका थाप्लोमा करको भारी बोकाएर आफ्ना कार्यकर्ताको धेराबाट बाहिर आउन सकेनन । शासन सत्तामा रहदा पार्टीको सिद्धान्त र विचारको समेत प्रवाह नगरी चुनावी घोषणापत्र कागजमा मात्रै सिमित राख्ने तर सत्ताबाट बाहिरिने बित्तिकै कम्युनिस्ट नेताहरुको मन ठेगानमा नरहने, जे पायो त्यही बोल्ने मस्तिष्कको चित्त विभ्रमले वास्तविक चरित्र झल्काउछ । जनतालाई पटकपटक झुक्याउने, झुट्टा आश्वासन मात्रै बाड्न सत्ता लिप्ततामा जुट्न र फुट्न कुनै बार नकुर्ने प्रवृत्तिले कम्युनिस्टहरु अस्थित्व समाप्तिको बाटोमा लागेका हुन कि ?

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.