देउडा गीत ‘माया प्रेम’ सार्वजनिक, आर्शि भट्ट र टिका सानी मायाको दमदार अभिनय

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

देउडा प्रेमीहरूका लागि एक नयाँ गीत ‘माया प्रेम’ आज कालिकामाता म्युजिक प्रा.लि. को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। माया र प्रेमको भावनामा आधारित यस गीतमा स्वर आर्शि भट्टको रहेको छ भने लय सिर्जना राजिव भट्टले गरेका हुन्।

जिल्ला वन डोटी

संगीत संयोजन भूमिराज थापा, मिक्सिङ विशाल बोहरा ‘सेरु’ र रेकर्डिङ कुसुम डिजिटल रेकर्डिङ स्टुडियो, अत्तरिया कैलालीमा गरिएको हो। गीतमा आर्शि भट्टटिका सानी मायाको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो छायांकन भिम बिष्ट ‘अछामी’ र रेखाले गरेका हुन्।

पोषण खाजा सम्बन्धि सन्देश

गीत सार्वजनिक भएपछि सर्जक राजिव भट्टले “गीत शब्द, लय र भावका दृष्टिले अत्यन्त उत्कृष्ट बनेको छ,” भन्दै दर्शक/श्रोताबाट सकारात्मक प्रतिक्रिया आउनेमा आशावादी रहेको बताए।

आफ्नै संस्कृति, भाषा र पहिचानलाई माया गर्दै गायक आर्शि भट्टले अत्यन्तै मिठो आवाजमा प्रस्तुत गरेको यस गीतले दर्शक/श्रोतामा गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ। माया र वियोगका गहकिला भाव समेटिएको ‘माया प्रेम’ ले देउडा संगीतको क्षेत्रमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.