बिपी बिर्सेर रन्फनिएको काङ्ग्रेस

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

✍️ सन्तोषी ओझा ( भण्डारी ) गन्यापधुरा गाउँपालिका , डडेल्धुरा ।

 

समाजवादलाई आदर्श बनाएका बिपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्बिर राखेर योजना बनाउन निर्देशन दिने राष्ट्रभक्त र परिवर्तनकारी नेताले आफ्नो कार्यकालमा जग्गा जोतेको हुनुपर्छ भन्ने भुमि सुधार लागु गर्ने समाजवादी, उदारवादी र आदर्शको राजनीतिज्ञले जन्माएको पार्टीका अनुयायीलाई सत्ता लिप्सा बढ्दा मञ्चमा चिल्ला कुरा गर्ने अवसर प्राप्त हुदा सुशासन र सम्बृद्धि पार्टीको रटना र घोषणापत्रमा सिमित राख्नाले जनविश्वास घटिरहेको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

भनिन्छ बिपी यस्तो अभावमा हुर्केका ब्यक्ति हुन कि उनलाई स्कुल भर्ना गर्न उनका बुवाले बहिनी र सानी आमाको कानको मुन्द्रा बेच्नुपरेको थियो भन्ने कुरा हामी अहिले पनि सुन्न पाउछौ । बाल्यकालमा आफ्ना बुवाको तिनै दुख र समस्या बुझेका नेताले आफ्नो भान्सामा दुई भारी दाउराको बिल कसरी बढी आयो भनेर छानबिन गराएको र भाईको तलब नआइ नयाँ जुत्ता लाएको कुरा थाह पाउदा सोधिखोजि गरेको भन्ने कुरा पनि इतिहास साक्षी छ । समाजवादी तथा सर्वहारा वर्गको उथ्थानका लागि हरेक परिवारको स्वामित्वमा एक हल गोरु, एउटा दुहुनो गाई र जमिनमा जोताहाको हक रहने अवधारणा र राज्यको आर्थिक स्रोतको न्यायोचित वितरण हुनु पर्ने सोचाइ भएका वास्तविक असल माक्र्सवादी कम्युनिस्ट त बिपी हुन ।

जिल्ला वन डोटी

निर्वासित जीवन बिताए पनि देशको भु-राजनितीक (देशको भौगोलिक अवस्था र बनावट अनुरूप अँगालिने राजनीति ) परिस्थिति बुझेर आफू सहितका नेताहरुलाई साथमा लिइ २०३३ साल पुष १६ गते राष्ट्रिय मेलमिलापको नीति बोकेरै नेपाल फर्किए । प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्, देश र राजा नरहे हामीहरुको त कुरै भएन भन्ने सोचका साथइ नेपाली काङ्ग्रेस राष्ट्र र राष्टियताको पक्षमा नउभिने हो भने राष्ट्र नै नजोगिने चिन्ताका साथ नेपाल फर्केका थिए तर दरबारले वास्तविकता नबुझि विमानस्थलमा नै पक्राउ गर्नु विडम्बना थियो । त्यसै दिनको सम्झनामा नेपाली काङ्ग्रेसले पुष १६ गते मेलमिलाप दिवसको रुपमा मनाउदै आइरहेको छ ।

व्यवस्था परिवर्तनले मात्रै समाज परिवर्तन हुदो रहेन छ जबसम्म नेतृत्वमा समाज परिवर्तनको इच्छाशक्ति हुदैन तवसम्म समाज परिवर्तन हुन सक्दैन भन्ने कुरा यथार्थमा देखियो । देशले नेपाली जनताको संविधान पाए पनि कतिपय कुरामा त्रृटि रहेको देखिन्छ । उदाहरणका लागि संबिधानको भाग ४ धारा ५५ मा निर्देशक सिद्धान्त ,निति तथा दायित्व राज्य संचालनको मार्ग निर्देशनको रुपमा रहने कुरा उल्लेख छ त्यो कार्यान्वयन भए नभएको बिषयमा अदालतमा प्रश्न उठाउन नमिल्ने भन्ने कुरा जस्तो निरङ्कुस के हुन सक्छ? अर्को कुरा भाग ८ को धारा १०२ को सदनको सदस्य नभएको व्यक्ति कदमकदाचित सदनमा अनधिकृत प्रवेश गरी कुनै बिषयमा मतदान गरिहाल्यो भने सदनको अध्यक्षता गर्ने ब्यक्तिले पाच हजार जरिवानाको सामान्य किसिमको सजाय गरेर छोडिदिने यो भन्दा त्रुटिपूर्ण के हुन सक्छ यस्ता त्रुटीले देश कता जान्छ काङ्ग्रेसले परिकल्पना गरेको छ कि छैन ? यहीँ हो काङ्ग्रेसको राष्ट्रियता ? लोकतन्त्रको नाममा राष्ट्रसंग सौदावाजी गर्नु हुदैन ।

काङ्ग्रेसले संविधान संसोधनका लागि एमालेसंग मिलेर सरकारमा सहभागिता देखाएको छ तर वास्तविकता सत्ता मोह हो कि यथार्थपरक हो ? हेक्का रहोस काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीको कामकारबाहीको एकएक हिसाबकिताब नेपाली जनताले राख्नेवाला छन । विदेशीको वादका अनुयायीको फेर समातेर सत्तामा लिप्त भई अपजस लिन काङ्ग्रेसलाई छुट छैन जनभावना बुझ्ने तर्फ काङ्ग्रेस लाग्नुपर्छ । जब देश संकटउन्मुख तर्फ जान्छ त्यो समयमा काङ्ग्रेसले नेतृत्व लिएको इतिहास साक्षी छ । अन्य कुरा यथावत राखि संविधान निर्माणको क्रममा राजसंस्था र सनातन धर्म हिन्दुको विषयमा काङ्ग्रेसले तमाम मनोभावना बुझ्ने प्रयास गरेन वा सकेन त्यो कुरा अब पुनर्विचार र बहस हुनु जरुरी छ सबै शक्तिलाई मिलाएर समृद्धि र समाजवादको जग बसाल्ने जिम्मेवारीबाट काङ्ग्रेस पन्छिनु हुदैन ।समाजमा कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन भन्ने बिपीको बिचारलाई आत्मसात गरी राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मुलमन्त्रलाई ब्यवहारमा पनि उतार्नु पर्छ । जसका पुर्खाले देश जोगाएर आज यहाँसम्म पुर्‍याए ति ब्यक्तिको शालिक भत्काएर विदेशीको शालिक राख्ने काम रोक्नुपर्छ जसको भिजनले देश जोडिएर आज नेपाली भन्नमा गर्वान्चित छौ त्यो संस्था पुनःस्थापना भए मात्रै काङ्ग्रेस काङ्ग्रेस हुन्छ नभए पतन निश्चित छ ।

नेपाली कांग्रेसका संस्थापक बिपीले कोरेको मार्गचित्रमा अगाडी बढिरहेको नेपाली कांग्रेस २००७ सालदेखि अहिलेसम्म देशको प्रमुख प्रजातान्त्रिक शक्तिको हिमायतीका रुपमा परिचित गराउदै छ तर सिद्धान्त नमिल्ने कोहिसँग पनि सम्झौता गर्नुहुँदैन भन्ने बिपीको मान्यतालाई सत्ताको लिप्तताले तिलाञ्जली दिदा काङ्ग्रेसमा सत्ताको उन्माद भने राम्रै बढेको देखिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.