गजल -किन खोज्छौ जात ?

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

दलित भनी हेप्छौ चेप्छौ किन खोज्छौ जात
सत्ता तिम्रै राज्य तिम्रै जाई ताई तिम्रै हात।।
एक्काइसौँ शताब्दीमा के छुवाछुत के दलित
मान्छे मान्छे एउटै हो भन्थ्यौ गर्यौ अहिले घात
दलित भनी हेप्छौ चेप्छौ किन खोज्छौ जात।।

जिल्ला वन डोटी

मित्रता र माया प्रेम सबैभन्दा ठूलो हो भन्थ्यौ ,
विश्वास गरी भर परे गरे तिम्रै साथ।
दलित भनी हेप्छौ चेप्छौ किन खोज्छौ जात ।।

पोषण खाजा सम्बन्धि सन्देश

शिप चलायौ श्रम चलायौ चलायौ अन्य सबैहरू,
रगत चल्यो कामधाम चल्यो चलाएनौ भात।
ए हजुर किन चढ्यो तिमीलाई छुवाछुतको मात ,
दलित भनी हेप्छौ चेप्छौ किन खोज्छौ जात।।

गजलकार :-टेकराज नागरी (परदेशी माइलो)सायल गाउँपालिका ४ डौड घर भइ
हाल भारतीय बजार चन्नैमा मजदुरी गरिरहेका छन्

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.