
डोटी – नेपाल आइडल सिजन–६ मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै डोटी जिल्लाका निरज विश्वकर्मा टप ८ मा प्रवेश गर्न सफल भएका छन्। दिपायल सिलगढी नगरपालिका–४, राजपुर निवासी १८ वर्षीय विश्वकर्मा सामान्य परिवारका सदस्य हुन्, तर गायनमा असाधारण प्रतिभाका धनी छन्।
गायनको माध्यमबाट सुदूरपश्चिमको पहिचान बनाउँदै गरेका निरजले टप १६ हुँदै टप ८ सम्मको यात्रा तय गरिसकेका छन्। अब अगाडि पुग्नकालागि उनलाई निरन्तर भोटको आवश्यकता छ। भोटिङ शनिबार राति ९:३० बजेबाट सुरु भई मंगलबार दिउँसो ३ बजे बन्द हुनेछ।

निरजलाई भोट गर्न नेपालभित्र NTC वा Ncell बाट मोबाइलको म्यासेज बक्समा गई NI-09 टाइप गरेर 37000 मा पठाउन सकिन्छ। साथै, Esewa वा Khalti एपमार्फत पनि सहजै भोट गर्न सकिन्छ। विदेशमा रहनुभएकाले MoMo App को माध्यमबाट भोट गर्न सक्नुहुन्छ। निरजको भोटिङ कोड NI-09 हो।
संगीतमा गहिरो लगाव भएका निरजले विभिन्न शैलीका गीतहरू आत्मविश्वासका साथ प्रस्तुत गर्दै निर्णायक र दर्शकको मन जित्दै आएका छन्। उनको प्रमुख उद्देश्य नेपाल आइडल सिजन–६ को ट्रफी सुदूरपश्चिम भित्र्याउनु हो।
निरजका बुबा प्रताप विश्वकर्मा भन्छन्, “निरजको कला क्षमता अत्यन्त विशेष छ। यो सफलताको पछाडि तपाईंहरूको भोट र शैलेश्वरी माताको आशिर्वादको ठूलो भूमिका छ। निरन्तर साथ र मायाले आगामी दिनमा पनि ट्रफी उनको हातमा पर्न सक्छ।”



