श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिलगढीमा मटकाफोड कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

सिलगढी -डोटी ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा डोटीको सिलगढी इन्द्रचोकस्थित श्री राधाकृष्ण मन्दिरमा मटकाफोड कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहनु भएको थियो भने विशेष उपस्थितिमा  दिपायल सिलगढी नगरपालिका उप-मेयर कलावती साउद,वडा नम्बर ५ का अध्यक्ष गणेश भण्डारी, वडा नम्बर ६ का अध्यक्ष नरेश मलासी, इन्द्रचोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय श्रेष्ठ ,वभिन्न सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको व्यवस्थापन श्री भैरव प्रसाद गणले गरेका थिए भने आर्थिक सहयोग वडा नम्बर ५ र ६ का कार्यालयहरूले गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भैरव प्रसाद गण र आयोजक टिम गरी १२–१२ सदस्यसमेत सहभागी भएका थिए। तीमध्ये सशस्त्र प्रहरी बल ३६ नम्बर गण दिपायलले मटकाफोडमा विजय हासिल गर्दै नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्न सफल भयो। प्रमुख अतिथि सिंहले पुरस्कार प्रदान गर्नुभएको थियो।

सम्बोधनका क्रममा सिंहले पत्रकारहरूले सांस्कृतिक शहर सिलगढीको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, वडा अध्यक्ष नरेश मलासीले सिलगढीको ऐतिहासिक तथा सांस्कृतिक अस्तित्व जोगाउन यहाँका वासिन्दा मात्र नभई धनगढी, नेपालगञ्ज र काठमाडौं उपत्यकामा बसोबास गर्ने सदरमुकामबासीले समेत सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

विभिन्न राउन्डमा सम्पन्न मटकाफोड खेलमा सहभागी समूहले उत्कृष्ट प्रदर्शन गरेको आयोजकले जनाएका छन्। यसै अवसरमा पवित्र आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.