सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हट्यो

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका छन्। तर, सामाजिक सञ्जाल बन्द गर्ने अघिल्लो निर्णयप्रति सरकारलाई कुनै पश्चाताप नरहेको समेत उनले स्पष्ट पारे। मन्त्री गुरुङले भने, “यही बहानामा आन्दोलन भएकाले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो।”

जिल्ला वन डोटी

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित सामाजिक सञ्जालमध्ये एक ‘एक्स’ (पूर्व ट्विटर) ले नेपाललाई बेवास्ता गर्ने शैलीमा जवाफ फर्काएको जानकारी दिएका थिए। एक मन्त्रीका अनुसार, एक्सले नेपालमा दर्ता नगर्ने र स्थानीय कानुन नमानेको उल्लेख गरेको छ।

प्रधानमन्त्री ओलीले भनेका थिए, “डेढ वर्षदेखि हामीले सूचीकृत गर्न भनेका थियौं, नेपालको कानुन मान्न आग्रह गरेका थियौं। तर, राष्ट्रिय स्वाभिमानमै ठेस पुर्‍याउने गरी जवाफ आयो। एउटा देशलाई यसरी हेप्न पाइन्छ? राष्ट्रको अपमान गर्नेगरी सञ्जाल खोलिदिन मिल्छ?”

यसैबीच, सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको जेनजेडको आन्दोलन उग्र बनेपछि राजधानी काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको थियो। बढ्दो विरोध र सत्तारुढ दलभित्रैको दबाब थेग्न नसकेपछि सरकार अन्ततः अघिल्लो निर्णयबाट पछि हटेको हो।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गरेको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.