

काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि फेसबुक सञ्चालक संस्था मेटाले आवश्यक कागजात मागेको छ ।
मन्त्रालयका अनुसार मेटाका प्रतिनिधिले इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयले त्यसलगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाई सकेको छ ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक संजाल आजैदेखि बन्द गर्ने निर्णय गरेसँगै मेटाले सूचीकरणका लागि चासो देखाएको हो ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक संजाल आजैदेखि बन्द गर्ने निर्णय गरेसँगै मेटाले सूचीकरणका लागि चासो देखाएको हो । सरकारको यो निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले पनि नेपालमा २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने भन्दै पत्राचार गरिसकेको छ ।
त्यस्तै, सरकारले निष्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ । हाम्रो पात्रो पनि सूचीकरणका लागि सम्पर्कमा आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । साभार :- सुनौलो नेपाल



