कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा दिलिप बोहरा सर्वसम्मत चयन

पुन्ना तालिम केन्द्र

हेमन्त जोशी , कैलाली।गौरीगंगा नगरपालिका–४, कैलालीस्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दिलिप बोहरा सर्वसम्मत रूपमा चयन भएका छन्। विद्यालय परिसरमा सम्पन्न अभिभावक भेलाले उपस्थित सम्पूर्ण अभिभावक तथा सरोकारवालाको एकमतले बोहरालाई नयाँ कार्यसमितिको अध्यक्षमा चयन गरेको हो।

राजिपुरका स्थायी बासिन्दा बोहरा पछिल्लो समय स्थानीय सामाजिक क्षेत्रमा सक्रिय युवा नेतृत्वका रूपमा परिचित छन्। विद्यालयमा भइरहेको शैक्षिक तथा प्रशासनिक क्रियाकलापमा निरन्तर चासो राख्दै आएका बोहराले अभिभावक, शिक्षक तथा विद्यार्थीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाउँदै आएका छन्।

जिल्ला वन डोटी

नवगठित विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बोहरासहित सदस्यहरू देबबहादुर बम, कलावती भट्ट, सरस्वती धामी, मनोज सुनार र अपना चौधरी चयन भएका छन्। अभिभावक भेलाले विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले सक्षम र सक्रिय नेतृत्व चयन गरिनु आवश्यक रहेको जनाएको थियो।

अध्यक्षमा चयन भएपछि बोहराले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू र आफ्नो कार्यसमिति पूर्ण रूपमा समर्पित रहने प्रतिवद्धता जनाए। उनले भने, “विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्ध अझ मजबुत बनेमा मात्र विद्यालयको समग्र शैक्षिक गुणस्तर उकास्न सकिन्छ। सबैको सामूहिक प्रयास र सहकार्यले हामीले लक्ष्य हासिल गर्न सक्छौँ।”

बोहराले आगामी दिनमा अभिभावकसँग नियमित संवाद, शैक्षिक सुधारका रणनीति, पठन–पाठन वातावरण सुदृढीकरण तथा विद्यालय भौतिक संरचना विस्तारमा विशेष ध्यान दिने योजना रहेको जानकारी दिए।

अभिभावक तथा स्थानीयवासीहरूले नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गर्दै विद्यालयले आगामी दिनमा थप प्रभावकारी रूपमा सेवा दिन सक्ने अपेक्षा व्यक्त गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.