बडीकेदार गाउँपालिका स्तरीय सातौं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सुरु

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । बडीकेदार गाउँपालिका स्तरीय सातौं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार बाट सुरु भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख  नजिर मियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो। उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख मियाँले बिकासको कुरामा अमेरिका जतिनै अगाडि बढ्न नसकेको भए पनि नेपालका कुना कब्जामा समेत बिकास निर्माणका कार्य क्रमश अगाडि बढ्दै गएको र बिकास निर्माण सबै मिलेर अगाडि बढ्ने भएकोले सकारात्मक सोचले नै बिकास निर्माण हुने कुरामा जोड दिनु भयो । यस ठाउँका पनि कयौं युबाले खेलकुद मार्फत  राष्ट्रलाई देश तथा बिदेशमा चिनाउन सफल भएको उहाँले बताउनु बताउनु भयो । आफुहरुले सहज रुपमा स्कुल पढ्न सक्ने बाताबरण नभए पनि अहिलेको अवस्था निकै फरक रहेको र सहज भएको प्रदेश प्रमुख मियाँले बताउनु भयो ।

जिल्ला वन डोटी

दृढ़ इच्छा शक्तिका साथ आफुले रुचि  राखेको खेलमा निरन्तरता दिन सक्यो भने पालिका हुँदै प्रदेश र राष्ट्रलाई नै चिनाउन सकिने सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद चक्रबहादुर मल्लले बताउनु भयो। उहाँले बडीकेदार गाउँपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलाकेदार धामको विकास गर्न सके यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने पनि बताउनु भयो।  त्यस्तै सांसद मल्लले  सहजपुर – बिपिनगर बोगटान – दिपाय सडक कालोपत्रको लागि आवस्यक पहल पनि भैरहेको बताउनु भयो ।

मेहनत गर्‍यो भने एक दिन पक्कै सफल हुने बताउँदै  बडिकेदारकै माटोमा हुर्किएका नरेन साउदले र बोगटानमा  जन्मिएका लोकेश बमले अहिले  खेलकुद क्रीकेटको माध्यम बाट देश बिदेश चिनाउन सफल भएको र सफल हुनकोलागि मेहनत आवश्यक रहेको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो । उहाँले प्रदेश सरकार बाट बितरित योजनाहरुको काम चैतमा सम्झौता भएर असारमा कामै नगरी भुक्तानि हुने गरेकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले हरेक कामको जफाब स्थानिय सरकारले  दिनु परेको बताउनु भयो ।

खेलकुदका माध्यम बाट नयाँ खेलाडीहरु उत्पादन गर्नमा जोड दिनु पर्ने  बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट ( कलेलले ) बताउनु भयो । उहाँले रोडहेडका विधालय भन्दा पनि समग्र बडीकेदार गाउँपालिकाका बाटाघाट विधालयहरुको अवस्था हेरेर बजेटको ब्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । सहजपुर बोगटान सडकलाई अझै पनि सौतेनी ब्यवहार गरिरहेकोमा उहाँले असन्तुष्टि राख्नु भएको थियो ।खेलकुद मानव जीवनको महत्वपूर्ण पाटो भएकाले विद्यार्थीले समेत आफ्नो जीवन बनाउने लक्ष्य पूर्वाधार लगायतका विषयमा अझै लगानी गर्नुपर्ने बडीकेदार  गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विवेक देउबाले बताउनुभयो।

उद्घाटन कार्यक्रमको सुरुमा ९ वटै विद्यालयका खेलाडीहरुले मार्च पास गरेका थिए ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र दौड खेलमा प्रतिस्पर्धा हुँदैछ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.