२२ वर्षमै प्रधानाध्यापक बने पाटनका भरत भण्डारी

पुन्ना तालिम केन्द्र

बैतडी — पाटन नगरपालिका–९ का युवा भरत भण्डारी २२ वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएपछि स्थानीय क्षेत्रमा खुसीयाली छाएको छ। पाटन–८, ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालयमा शिक्षण पेशा सुरु गरेको छ महिनामै उनी प्रधानाध्यापक पदमा चयन भएका हुन्।

जिल्ला वन डोटी

विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको संयुक्त बैठकले मंसिर ९ गते भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको विद्यालयले जनाएको छ। कम उमेरमै जिम्मेवारी वहन गर्न सक्षम भण्डारीले आफ्नो मेहनत, प्रतिबद्धता र पेशाप्रतिको समर्पणकै कारण नेतृत्वमा पुग्न सफल भएको बताइन्छ।

नयाँ जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी, अभिभावक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री वातावरण निर्माण तथा विद्यालयको समग्र विकासका लागि सबैको निरन्तर साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.