
डोटी । डोटीको जोरायल गाउँपालिका वार्ड नम्बर- १ तिलाचौड मा झुलुङ्गेपुल को बिकल्पमा पक्की सल्याप पुल निर्माण गरिएको छ गाउँपालिकाको वडा नम्बर १- तोलि खोलामा जोरायल गाउँपालिकाको करिब ५ लाख र श्रमदान गरि ६ लाख बढिको लागतमा सल्याप पुल निर्माण गरिएको हो ।

पुल बने पछि हामिलाइ सहज भएको छ । पहिला पुल नहुदा बर्खायाममा गाउँमा उत्पादन भएको तरकारी बजार सम्म पुर्याउन समस्या हुने गरेको थियो र बर्खाको समयमा मान्छेको ज्यानै जाने समस्या थियो अहिले पुल बने पछि त्यो समस्या हट्ने स्थानिय मोहन बहादुर मल्लले बताउनु भयो ।
कम लागतमा बढी फाइदा हुने भएकोले झोलुङ्गे पुलको बिकल्पमा पक्की सल्याप पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खडक मल्लले बताउनु भयो उहाँले गत बर्ष वडा नम्बर -५ मा पनि परिक्षणको रुपमा सल्याप पुल निर्माण गरिएको र सफल भए पछि आफ्नो वडामा पनि सल्याप पक्की पुल निर्माण गरिएको बताउनु भयो।
डोटीका अधिकांश ग्रामीण ठाउँका बस्तिका नागरिकले पुलको समस्या झेल्दै आएका छन।



