झोलुङ्गे पुलको विकल्पमा पक्की सल्याप पुल निर्माण

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । डोटीको जोरायल गाउँपालिका वार्ड नम्बर- १ तिलाचौड मा  झुलुङ्गेपुल को बिकल्पमा पक्की सल्याप पुल निर्माण गरिएको छ गाउँपालिकाको वडा नम्बर १- तोलि खोलामा जोरायल गाउँपालिकाको करिब ५ लाख र श्रमदान गरि ६ लाख बढिको लागतमा सल्याप पुल निर्माण गरिएको हो ।

जिल्ला वन डोटी

पुल बने पछि हामिलाइ सहज भएको छ । पहिला पुल नहुदा बर्खायाममा  गाउँमा उत्पादन भएको तरकारी बजार सम्म पुर्याउन समस्या हुने गरेको थियो र बर्खाको समयमा मान्छेको ज्यानै जाने समस्या थियो अहिले पुल बने पछि त्यो समस्या हट्ने स्थानिय मोहन बहादुर मल्लले बताउनु भयो ।

पोषण खाजा सम्बन्धि सन्देश

कम लागतमा बढी फाइदा हुने भएकोले झोलुङ्गे पुलको बिकल्पमा पक्की सल्याप पुल निर्माण गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खडक मल्लले बताउनु भयो उहाँले गत बर्ष वडा नम्बर -५ मा पनि परिक्षणको रुपमा सल्याप पुल निर्माण गरिएको र सफल भए पछि आफ्नो वडामा पनि सल्याप पक्की पुल निर्माण गरिएको बताउनु भयो।

डोटीका अधिकांश ग्रामीण ठाउँका बस्तिका नागरिकले पुलको समस्या झेल्दै आएका छन।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.