भारतमा दुर्घटनामा मृत्यु भएका बडीकेदारका युवकको शव नेपाल ल्याउन आर्थिक सहयोगको अपिल

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी । बडीकेदार गाउँपालिका–३, पिप्लकुण्टा निवासी भिमबहादुर विकका छोरा यमबहादुर विकको भारतको रत्नागिरीमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

जिल्ला वन डोटी

दुर्घटनामा परी मृत्यु भएका विकको शव नेपाल ल्याएर परिवारलाई बुझाउने तयारी भइरहेको भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण शव नेपाल ल्याउन आवश्यक खर्च जुटाउन समस्या भएको बताइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

मृतकका बुवा–आमाले छोराको अन्तिम संस्कार आफ्नै गाउँघरमा गर्न पाऊन् भन्ने उद्देश्यले शव नेपाल ल्याउने प्रयास भइरहेको छ। तर भारतबाट शव नेपाल ल्याउन लाग्ने खर्च जुटाउन कठिनाइ भएपछि सहयोगका लागि अपिल गरिएको हो।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.