सुन्दर तामागिरि मालिका तस्बिरमा नियाल्दा

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

तामागिरि मालिका डोटिको सायल र बझाङको सिमानामा रहेको छ । प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका हिसाबले मिनि बडिमालिका भनेर चिनिएको यो ठाउँ प्रचारप्रचारको अभावमा  पछाडि परेको छ ।झट्ट हेर्दा मिनी बडिमालिका जस्तै देखिने तामागिरी मालिकाबाट बझाङ जिल्लाको सैपाल हिमाल संगै भन्ज्याङका टाकुराहरु टल्किरहेका देखिन्छन् ।
मालिकाको पश्चिम तिर हेर्दा दार्चुला जिल्लामा पर्ने अपि हिमाल टिङ्कर भन्ज्याङका टाकुराहरु देख्न सकिन्छ । त्यस्तै पुर्व तिर हेर्दा डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जका फाँटहरू र दक्षिणतर्फ सेती नदि र डडेलधुरा जिल्लाका अनगिन्ती रमणीय दृश्यहरु देखिन्छन ।

 

मनै लोभ्याउने ठाउँको दृश्य संगै मालिका यात्राको क्रममा बाटोमा हरिण र कस्तुरी लगाएतका जङ्गली जनावर र चराचुरुङ्गीहरू देख्न सकिन्छ । विभिन्न प्रजातिका फूलहरू संगै यहाँ सेतो गुराँस पनि पाइन्छ ।समुद्री सतहबाट करिब २७६५ मिटर उचाइरहेको यस मालिकाबाट प्याराग्लाइडिङ पनि उच्च सम्भावना रहेको देखिन्छ ।यस सुन्दर र पबित्र भुमिले राज्य र आम नागरिकको उपस्थितिको  प्रतीक्षा गरेको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

जिल्ला वन डोटी

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.