शिवजी आधारभूत विद्यालय केदारमाण्डौ टिनको टहरा बाट संचालन हुँदै

मन्त्रालय सन्देश १

 

डोटी – डोटीको बडीकेदार गाउँपालिका–५ केदारमाण्डौँ स्थित शिवजी आधारभूत विद्यालयका विद्यार्थीहरू अझै पनि जस्तापाताले बनेको टहरामा बसेर अध्ययन गर्न बाध्य छन्। विद्यालयको कक्षा ३, ४ र ५ मा अध्ययनरत बालबालिकाहरू टिनको टहरामा बसेर पढ्नुपर्ने अवस्थामा रहेको बिधालयले जनाएको छ ।

जिल्ला वन डोटी

बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको शिक्षा क्षेत्रमा अझै पनि सुरक्षित र उपयुक्त कक्षाकोठाको अभाव देखिनु चिन्ताको विषय बनेको छ। विद्यार्थीहरूलाई सहज, सुरक्षित र बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्ने समयमा टहरामा कक्षा सञ्चालन गर्नुपर्ने अवस्थाले विद्यालयको भौतिक पूर्वाधारको अवस्थामाथि प्रश्न उठाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश


विद्यालयको अवस्था सुधार गर्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक बजेट र योजना पटक पटक माग गरिए पनि बिधालय भवनको लागि आवस्यक बजेट नपरेको बिधालयका प्रधानाध्यापक सेर बहादुर थापाले बताउनु भयो ।

विकासका योजना छनोट गर्दा व्यक्तिगत पहुँच र स्वार्थभन्दा नागरिकको वास्तविक आवश्यकता तथा सार्वजनिक हितलाई प्राथमिकता हुनुपर्ने मा त्यसो देखिदैन ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.