बडीकेदारमा प्रथम बडीकेदार गाउँपालिका स्तरीय उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता–२०८३’ सुरु

मन्त्रालय सन्देश १

प्रकाश मौनी , डोटी :
डोटीको बडीकेदार गाउँपालिकामा ‘प्रथम बडीकेदार गाउँपालिका स्तरीय उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता–२०८३’ सुरु भएको छ ।

जिल्ला वन डोटी

बडीकेदार गाउँपालिका–२, खड्यौलीमा आज एक विशेष समारोहका बीच प्रतियोगिताको औपचारिक समुद्घाटन गरिएको हो । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउद र उपाध्यक्ष डम्बरी बिष्ट (कलेल) लगायतका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको विशेष उपस्थितिमा प्रतियोगिताको उद्घाटन गरिएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

ठूलाकेदार युवा क्लब (बडीकेदार–२, खड्यौली) को आयोजना तथा बडीकेदार गाउँपालिका गाउँपालिकाको सहयोगमा सञ्चालन भएको यस प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ९ वटा महिला भलिबल टिमहरूको सहभागिता रहेको छ ।

स्थानीय स्तरमा महिला खेलकुदको प्रवर्द्धन, लुकेर रहेका प्रतिभावान खेलाडीहरूको पहिचान तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको
बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.