पर्यटकको पर्खाइमा डोटीको छतिवन ताल

पुन्ना तालिम केन्द्र

डोटीको जोरायल गाउँगालिका–२ मा रहेको छतिवन ताल पर्यटकको पर्खाइमा रहेको छ।  ऐतिहासिक महत्व बोकेको तालको स्थानीय र केन्द्र बाट प्रचार प्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्न सकेका छैनन ।

 

तालको गहिराई कति छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन ।  पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण तथा प्रचारप्रसार  हुन नसक्दा पर्यटक भित्राउन सकिएको छैन ।

 

जिल्ला वन डोटी

तालसम्म पुग्ने कालोपत्रे सडक निर्माण गरिएको  भएपनि अन्य संरचना र पुर्वाधार छैन । आवश्यक पुर्वाधार तयार गरी पर्यटक भित्र्याउनु पर्ने स्थानीयले बताएका छ्न।

 

स्थानीयका अनुसार परापुर्बकालमा   यो ताल भएको क्षेत्रमा पहिले खेतीयोग्य जमिन रहेको थियो । पछि  तालमा परिणत भएको बताइन्छ ।जोरायल क्षेत्रमा रहेको छतिवन  ताल,छ्हरा झर्ना, बास्मती धानको प्रचारप्रसार गर्न सक्ने हो भने  पर्यटकलाई तान्न सकिने  जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझले बताउनु भयो ।

मध्य पहाडी क्षेत्रमा रहेको एतिहासिक महत्व बोकेको छतिवन तालको संरक्षण गर्न सकेको खण्डमा सुदूरपश्चिम प्रदेशको धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने सरोकारवालाहरु बताउछ्न ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.