डिभिजन सडक जनचेतनामूलक सन्देश

जिल्ला प्रशासन कार्यालय डोटीले दियो बजार अनुगमनलाई तिब्रता

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

जिल्ला प्रशासन कार्यालय डोटीले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा मात्र हुँदै आएको बजार अनुगमनलाई अन्य समयमा पनि दिइन थलेको डोटी प्रशासनले जनाएको छ । अनुगमनका क्रममा कैफियत पाइएमा कारबाहीसमेत गर्दै आएको छ ।

 

 

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

यसै क्रममा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा,करदाता सेवा कार्यालय दिपायल , जोरायल गाउँपलिका र प्रहरीको समेत सहभागितामा यहि भाद्र १७ र १८ गते जोरायल गाउँपलिकाका विभिन्न बजारमा अनुगमन गरिएको छ ।बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरुले उपभोक्ता हित विपरीत भेटिएका बस्तु नष्ट, आबस्यक सुझाव तथा एकहप्ता को समया अबधि भित्र आबस्यक सुधार र नियमानुसार संचालन गर्न निर्देशन दिएको अनुगमनमा सहभागी जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो ।

 

 

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

अनुगमनमा सहभागी जोरायल गाउँपालिका पशु सेवा शाखा प्रमुख मान बहादुर रानाका अनुसार गा पा क्षेत्रका १ देखि ४ नम्बर वडा भित्रका विभिन्न बजार अनुगमनबाट रु ३५ हजार बराबरको गुणस्तरहिन समान नष्ट गरिएको बताए ।अनुगमन क्रममा म्याद नाघेका,लेवलिङ नभएका खाद्यान्न तथा पेय पदार्थलाई नष्ट गरिएको उहाँले बताउनु भयो ।अनुगमन टोलीले पसल,होटेल मेडिकल ,डेरी आदको अनुगमन गरेको थियो ।अनुगमनमा डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको संगै,जनप्रतिनिधि , विभिन्न कार्यालयका प्रतिनिधि र प्रहरीको उपस्थिति रहेको थियो ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.