अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

काठमाडौँ- सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

 

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ ।”

 

उहाँले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गर्नुभएको छ ।-nepaltvonline

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.