नेपाली साहित्य र वी.पी.कोइराला विषयक विचार गोष्ठी अत्तरियामा सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलालीको गोदावरी नगरपालिका वडा नं–१ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आज नेपाली साहित्यका उज्ज्वल नक्षत्र स्व. विश्वेश्वर प्रसाद कोइरालाको १११ औं जन्म–जयन्ती कार्यक्रम भव्यरुपमा मनाइएको छ । सो अवसरमा स्व.वी.पी.प्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा ‘नेपाली साहित्य र वी.पी.कोइराला’ विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो ।

जिल्ला वन डोटी


कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीज्यूले गर्नु भएको थियो । कार्यक्रममा हिरादत्त भट्ट, डा. नरेन्द्र बहादुर ऐर, पदमराज भट्ट, तीर्थराज जोशी, तीर्थराज ओझा (गड्सेरी माइला) र पदमप्रकास साउँद अतिथि रहनु भएको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

संस्थाका कार्य समिति सदस्य विश्वनाथ ओझाको स्वागत मन्तव्यबाट सुरु भएकोे कार्यक्रममा सभापति तथा पुस्तकालयका अध्यक्ष  पुष्पराज जोशीले विचार गोष्ठीको विषय वस्तु माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कुमार निरौला, पदमराज भट्ट, तुलसी भट्ट, निर्मलकुमार भण्डारी , गिरिराज अवस्थी लगायत वक्ताहरुले साहित्यकार वी.पी.का विषयमा आ–आफ्ना विविध रचनाहरु एवम् मन्तव्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका नियमित पाठक एवम् विद्यार्थी श्री एल.आर.ओझाले गर्नु भएको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.