डोटीको ठुलीगाडमा पुल नहुँदा बर्षौ देखि बर्षातको समयमा ज्यानै जाने अवस्था रहेको थियो । विद्यार्थी लाइ स्कुल जान र स्थानीयले उत्पादन गरेका कृषि उपज बजार पुर्याउन मुस्किल हुने गरेको थियो । यही समस्याको मुक्तिका लागि ठुलीगाड माथि १ सय ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण भए पछि डोटी र कैलालीका स्थानीय लाइ सहज भएको छ ।
बर्षौ देखि नदि वारपारको सास्ति खेप्दै आएका डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर १ थलापानी चिम्चे र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ सैलेक जोड्न ठुलीगाडमाथि १ सय ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।पुल निर्माण भए पछि आउजाउ गर्न पाउँदा पहिले भोगेका सबै सास्ती भुलाएको स्थानीय बताउछन् ।
नेपाल सरकार संघीय मामिला तथा प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजन को करिब १ करोड ५५ लाखको लागतमा एनपि सनलाइट जिभि कन्ट्रक्सन बाकेले पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माण पछि सबैलाई सहज भएको छ पहिले विद्यार्थीले विधालय जान खोलामा १/२ घण्टा सम्म कुर्नुपर्ने अवस्था रहेको थियो भने बिरामी लाई पनि समस्या हुँदै आएको थियो पुल बनेपछि आफुहरु खुशी भएको स्थानीय बताएका छ्न ।
स्थानियले पुल नहुदा धेरै समस्या झेल्दै आएका थिय अहिले पुल बन्दा डोटीका र कैलालीका स्थानीयलाइ सहज भएको बडिकेदार गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष डम्बर बोहराले बताए।पुल निर्माण पछि खुशी भएका स्थानीयलाइ बिकास निर्माणका अन्य पुर्बाधार संग जोड्न पर्नेमा अध्यक्ष बोहराले जोड दिएकाछन ।