डिभिजन सडक जनचेतनामूलक सन्देश

दुई दिनभित्र राजीनामा दिएर जनतामा जाने केजरीवालकोे घोषणा

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

भारतको राजधानी सहर नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनभित्रमा पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

तिहाड जेलमा १५६ दिन बसेर रिहा भएपछि  केजरीवालले आम आदमी पार्टीको कार्यालयमा आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्। उनले भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु। जनताको निर्णय नआएसम्म म यो कुर्सीमा फर्किने छैन।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

म जनताबीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।’केजरीवाल तिहाड जेलबाट शुक्रबार रिहा भएका हुन्। त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर उनी रिहा भएका थिए। केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको थियो।

 

जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्याइएको थियो।  उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन्। सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको मुद्दा प्रकरणमा उनलाई जमानत दिएको थियो। अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको थियो।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो। सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.