भारतमा मजदुरी गर्ने क्रममा मृत्यु भएका मजदुरको परिवारलाई दलित रूपान्तरण अभियान डोटीले आर्थिक सहयोग गरेको छ। डोटीको शिखर नगरपालिका १० गंगालेक बस्ने मनुवा लुहारको छोरा कानो लुहारको भारतको चेन्नेइमा यही असार ३१ गते मजदुरीकै क्रममा मृत्यु भएको थियो । आर्थिक अबस्था कमजोर भएका उनको कामको सिलसिलामा दक्षिण भारत तामिलनाडु राज्य चेन्नेइमा हिर्दयघातले मृत्यु भएको हो।
मृतक काना लुहारको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण दलित रुपान्तरण अभियान डोटीले आर्थिक संकलन गरेर निजको परिवारलाइ हस्तान्तरण गरेको हो । सोमबार दलित रुपान्तरण अभियान शिखर नगरपालिका अध्यक्ष दिपक संधासकर सहितको समुह मृतक लुहारको घरमै गएर संकलित रकम १ लाख ९ हजार ३ सय १ रुपैया हस्तान्तरण गरिएको अभियान का संयोजक इन्द्र बहादुर कामीले जानकारी दिए। उक्त रकम बुझ्दै मृतकको श्रीमती हिरा लुहारले सम्पूर्ण सहयोगीदाता लाई धन्यवाद दिदै दलित रुपान्तरण अभियान आफ्नो लागि भगवान भएर आएको बताइन । मृतक लुहार दलित रुपान्तरण अभियानका सदस्य समेत रहेका थिए ।
दलित रुपान्तरण अभियान नेपाल भारत लगायत तेस्रो मुलुक र विभिन्न समूह संगठन मा आबद्ध भएका सहयोगी मनहरुले आफ्नो दैनिक खर्चबाट कटौती गरेर सहयोग गरेको संयोजक कामिले जानकारी दिए । १०० जना भन्दा बढी सहयोगी र विभिन्न समूह कोषबाट निज मृतक का परिवारलाई सहयोग संकलन गरिएको उनले बताए ।
संयोजक कामिका अनुसार हाल दलितका लागि दलित सेवामूलक अभियान नेपाल भारत मैत्रीपुर्ण संस्था शिखर न पा १० डोटीले विभिन्न जनहितका कार्यक्रम संगै सहयोग गर्दै आएको छ ।अझै यो संस्थाले गरिव जेहेन्दार विद्यार्थीलाई सहयोग ,एकल महिलाको आर्थिक सुधार र आय आर्जनका लागि सहयोग ,टुहुरा बालबालिकालाई सहयोग गर्ने उदेश्य राखेको बताए । त्यस्तै विद्यालय, खानेपानी , स्वास्थ्यमा सहयोग , अपाङ्ग सुस्तमनस्थिती असक्त भएका ब्यक्तिको अबस्था हेरेर दैनिकी जीवन चलाउन नयाँ किसिमका सीप तथा उत्पादनमुलक कार्य जोडेर आर्थिक सहयोग, छुवाछूतको अन्त्य संगै भाइचाराको बिकासका लागि सम्पुर्ण दलित समाज एकजुट भएर अवाज उठाउने उदेश्य साथ संस्थाको गठन भएको उनले बताए ।