बोगटान फुडसिल गाउँपालिका द्रारा महिला स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । गाउँपालिकामा कृयासिल रहेका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आईटेलको सादा मोबाइल महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष बिष्ना देवी बमले जानकारी दिईन ।
स्वयंम सेवा भावका साथ गाउँमा स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई प्रोत्सान गर्ने उद्शेका साथ उक्त कार्यक्रम गरिएका उपाध्यक्ष बमले बताइन । बमले भनीन बिना कुनै सुविधाका साथ उहाँहरुले निरन्तर सेवा गर्नुहुन्छ धेरै गर्न नसकिय पनि उहाँहरुलाई प्रोत्साहनका साथै सञ्चारका लागि सहज होस भन्ने हाम्रो उद्श्य हो । महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत मोबाइल प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले खुसी ब्यक्त गरेका छन ।