Cdo doti

बिहे गरेको तिन मिनेटमै सम्बन्ध बिच्छेद

Ganupalika janapratinidi new
Karmachari jorayal ga paa shubhakaman

पति पत्नी बीच विवाद तथा झगडा हुनु सामान्य नै हो । हुनत लोग्ने स्वास्नीबीचको झगडा परालको आगो भनिन्छ । तर कहिले काही यस्ता झगडाले ठुलो रुप लिन्छ र वैवाहिक सम्बन्ध नै टुट्न सक्दछ।दाम्पत्य जीवनमा दरार पैदा हुने तथा सम्बन्ध विच्छेद हुने कुरा कलिहेकाही हाम्रो काबुमा पनि नरहन सक्छ । कहिलेकाही बिहे भएको दशकौं पछि पनि डिभोर्स भएको हुन्छ । तर, कहिले काही क्षणभरमै सम्बन्ध विच्छेद पनि हुनसक्छ। हालै कुवतेमा एउटा यस्तै घटना भएको छ, जहाँ बिहे गरेको केवल ३ मिनेटमै सम्बन्ध विच्छेद भएको छ ।

Gaupalilka sandesh shubhakamana

समाचार अनुसार अदालतमा आधिकारिक रुपमा बिहे गरेर इजलास कक्षबाट बाहिर निस्किने क्रममा बेहुलीको खुट्टा लडखडायो र उनी भुईंमा लडिन् । लडेकी बेहुलीलाई उठाउनुको साटो बेहुला रिसाए र चिच्याउँदै भने – मुर्ख !भर्खरै बिहे गरेको आफ्नो पतिले त्यस्तो बचन बोलेको सुन्दा बेहुलीलाई पनि रिस उठ्यो र उनले तत्कालै न्यायाधीशलाई भर्खरै भएको आफ्नो बिहे रद्द गरिदिन अनुरोध गरिन् ।बेहुलीको अनुरोधमा न्यायाधीश सहमत भए र उनको बिहे कायम गरेको ३ मिनेटमै रद्द गरिदिए । यसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध भनिएको छ ।

Unicef sandesh

वास्तवमा यो घटना सन् २०१९ मै भएको रहेछ र अहिले आएर सोसल मिडियामा भाइरल बनिरहेको छ। स्मरण रहोस् यसअघि सन् २००४ मा बेलायतमा एक जोडीले बिहे गरेको ९० मिनेटमै डिभोर्स गरेका थिए ।

vetnary doti sandesh
shubhakamana ghanteshwar campus
1 Comment
  1. Nanda Deuba says

    ❤️❤️

Leave A Reply

Your email address will not be published.