मंगलबार जोरायल गाउँपालिकाका शैक्षिक संस्थामा शोक बिदा

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

डोटीको जोरायल गाउँपालिकाले ८ गते मंगलबार शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेकोछ । यहि असोज ४ गते जोरायल गाउँपालिका ४ नकुमा रहेको गङ्गौरी आधारभूत विद्यालयमा कार्यरत वालविकास सहजकर्ता रोहिता बोहराको भिर बाट लडेर मृत्यु भएको थियो ।

आज बसेको जोरायल गाउँपालिकाको कार्यपालिका बैठकद्वारा भिरबाट लडेर बोहराको निधनप्रति शोक प्रस्ताव परित गर्दै असोज ८ गते पालिकाभित्रका सबै शैक्षिक संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं ४ नम्बर वडाअध्यक्ष नन्दराज भट्टले जानकारी दिए । मृतक बोहरा गत असोज ४ गते कैलालीको सहजपुर तर्फ जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन ।उनको धनगढी स्थित निसर्ग अस्पताल उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.