जिल्ला प्रशासन कार्यालय डोटीले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिन थालेको छ।
चाडवाडको समयमा मात्र हुँदै आएको बजार अनुगमनलाई अन्य समयमा पनि दिइन थालेको छ ।भाद्र महिनामा जोरायल गाउँपालिकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको प्रशासनले डोटीका अन्य क्षेत्रमा समेत अनुगमन सुरु गरेको छ ।
यसै क्रममा सोमबार दिपायलको पिपल्ला बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा,करदाता सेवा कार्यालय सिलगढी, जनप्रतिनिधि , पत्रकार , प्रहरीको सहभागितामा सोमबार दिपायल बजारमा अनुगमन गरिएको हो।बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरुले उपभोक्ता हित विपरीत भेटिएका बस्तु नष्ट, आबस्यक सुझाव तथा एकहप्ताको समयाअबधि भित्र आबस्यक सुधार र नियमानुसार संचालन गर्न निर्देशन दिएको डोटीका प्रमुख जिल्ला अधिकरी गोपाल प्रसाद अर्यालले जानकारी दिनुभयो ।
बजार अनुगमनको २३ वटा पसलहरूलाई विभिन्न प्रकारको जरिवाना गर्नुका साथै करिब १०हजार २सय मूल्य बराबरको सामग्री जफत गरी नष्ट गरिएको थियो।त्यसैगरी कानुनी बन्दोबस्त ,करदातासँग करदाता शिक्षा सम्बन्धि जानकारी समेत दिइएको थियो। होटल तथा भोजनालयहरूमा सरसफाई पर्याप्त दिनुपर्ने , कपडा व्यवसायीहरूले समेत दररेट राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।