
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ खसरेले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सार्वजानिक सुनुवाई मंगलबार सम्पन्न गरेको छ । वडास्तर बाटै जनताका समस्या बुझ्ने र वडाका कार्यक्रम बारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । वडा अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा बासीले सडक, खानेपानी, विद्युत , लगायतको उचित व्यवस्थापन बारे जिज्ञासा तथा समस्या राखेका थिए ।

कार्यक्रममा सहभागीले राखेका जिज्ञासा तथा प्रश्नको अध्यक्ष बोहराले जवाफ दिनुको साथै आफू जनताको सेवा र बिकास निर्माणमा सधै लागिरहने बताए ।त्यस्तै अध्यक्ष बोहराले जनताको आवश्यकतालाई नजिकबाट नियाल्न र जनताको घरदैलोबाट नै सेवा प्रवाह गर्न वडाबाट नै सार्वजानिक सुनुवाइ कार्यक्रम गरेको बताए ।

आर्थिक बर्ष २०८०/०८१ भित्र भएका सम्पुर्ण बिकास निर्माण लगायत वडाको समग्र अबस्थाको बारेमा वडाका पुर्ब सचिब निर्मल भाटले प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यस्तै बिषयगत कार्यालय स्वास्थ चौकी , पशु बिकास केन्द्रले पनि आ आफ्नो प्रगती प्रतिबेदन र समस्याको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा वडा नम्बर ६ का राजनैतिक दलका प्रतिनिधि ,स्थानीय, कर्मचारी, पत्रकारको सहभागीता रहेको थियो ।
