डिभिजन सडक जनचेतनामूलक सन्देश

रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

धनगढीः ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ। कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा  बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ।

प्राधिकरणले कैलाली र कञ्चनपुरमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन। डोटी र अछाममा रात्रिबस चलाउन रोक लगाइएको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडअलर्ट जारी भएका जिल्लामा असोज ११ र १२ गते रात्रिबस नचलाउन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सर्कुलर जारी भइसकेको छ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.