डिभिजन सडक जनचेतनामूलक सन्देश

धनगढीको एउटा विद्यालय, जहाँ विज्ञापन खोलेको १२ वर्षसम्म परीक्षा भएन

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारीको सर्वोदय माध्यमिक विद्यालयले २०७० जेठ २९ गते लेखापाल भर्ना गर्न सार्वजनिक सूचना निकाल्यो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

सूचनामा वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको न्यूनतम योग्यता तोकिएको थियो। विद्यालयको विज्ञापन अनुसार फूलबारीकै खेमराज भट्ट, दयाशंकर चौधरी र नवराज जोशीले दरखास्त दिएका थिए। उनीहरूले विद्यालयले तोकेको जनही एक हजार दस्तुर तिरेर दर्खास्त बुझाएका हुन्।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

तर, उनीहरूको परीक्षा नलिएरै विद्यालयले तोकेको विषय अध्ययन नगरेको व्यक्तिलाई लेखापालको नियुक्ति दिएको फेला परेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले हाल लेखापालमा कार्यरत सन्देश सिकेलाई नियुक्त गरिएको कुनै प्रमाण विद्यालयमा फेला नपरेको बताए।

उनले ११ वर्षअघि नियुक्त भएका व्यक्ति कुन प्रक्रियाबाट छनोट भएका हुन् त्यो थाहा नभएको बताए। ‘११ वर्ष अगाडि विद्यालयमा नियुक्त भएका लेखापाल कुन प्रक्रियाबाट नियुक्त भए त्यो हामीलाई थाहा छैन। तत्कालीन समिति र प्रशासनलाई थाहा होला’, उनले भने, ‘विद्यालयमा नियुक्त गर्न अपनाइएको प्रक्रियाबारे कुनै अभिलेख र प्रमाण फेला परेको छैन।’

तत्कालीन अध्यक्षलाई घुस खाएको आरोप
विद्यालयले १२ वर्षअघि विज्ञापन खोलेर निवेदन दिएका उम्मेदवारको परीक्षा नलिएरै अर्कै व्यक्तिलाई नियुक्ति दिएको विषयमा २०८१ भदौ २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेपछि परीक्षा नलिई चोर बाटोबाट सोही विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक सन्देश सिकेलाई लेखापालमा नियुक्ति गरेको तथ्य सार्वजनिक भएको छ।

उजुरीमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयानन्द भट्टले लेखापाल नियुक्त भएका सन्देश सिकेबाट ६ महिनाको तलब बराबरको रकम लिने सर्तमा नियुक्ति दिलाएको आरोप छ। विद्यालयमा पनि सन्देश सिकेलाई नियुक्त गर्न परीक्षा लिएको कुनै प्रमाण नभेटिएकाले लेखापाल सिकेले राजीनामा दिएर सहज गर्नुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए। ‘अख्तियारको पत्रमा छानबिन गरेर कारबाही गर्नु भन्ने कुरा आएको छ। उहाँको विषय पनि मिलेको छैन। विद्यालयले परीक्षा पनि लिएको प्रमाण भेटिएको छैन। यस्तोमा राजीनामा दिनुमा नै उहाँलाई राम्रो हुन्छ’, अध्यक्ष चौधरीले भने।

दर्खास्त दिनेहरुको पैसा भएन फिर्ता
विद्यालयले दर्खास्त लिएको एक वर्षसम्म परीक्षा नगरेपछि आवेदकहरूले विद्यालयमा सम्पर्क गर्दा व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भट्टले लेखापाल पदको आवश्यकता नभएको जवाफ दिएका थिए। उनले अहिले पैंसा पनि फिर्ता नगर्ने अर्को पटक आवेदन खोल्दा अहिलेकै आवेदन सदर गर्ने बताएका थिए। तर, भट्टले सुटुक्क विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षकलाई नियुक्ति दिलाएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ।

विद्यालयले भने अख्तियारले आवश्यक छानबिन तथा कारबाही गर्नु भनेकाले पत्र अनुसार नै आवश्यक छानबिन र कारबाही गरिने विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीले बताए। ‘हामीलाई अख्तियारको पत्र आएको छ। छानबिन गरेर आवश्यक कारबाही गर्नु भनिएको छ। हामी त्यसै गर्छौं’, प्रधानाध्यापक चौधरीले भने।

पैसा खाएको छैनः तत्कालीन अध्यक्ष भट्ट
लेखापाल नियुक्त गर्न तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयानन्द भट्टले पैसा खाएको आरोप लागेको छ। तर, भट्टले भने विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नै सिकेलाई लेखापालमा नियुक्त गरेको बताए। उनले पहिलाको विज्ञापन रद्द गरेर सहमतिमा विद्यालयमै कार्यरत शिक्षकलाई लेखापालको जिम्मेवारी दिइएको बताए।

तर अख्तियारले भने सन्देश सिकेले सूचनामा भनिए अनुसारको लिखित, मौखिक र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको हो होइन भनेर प्रश्न गरेको छ। विद्यालयले प्रकाशित गरेको सूचना अनुसार एक हजारसहित आवेदन दिने खेमराज भट्ट, दयाशंकर चौधरी र नवराज जोशी माथि अन्याय गर्ने विद्यालय प्रशासन र तत्कालीन अध्यक्ष भट्ट तथा अवैध तरिकाले नियुक्त गरिएका सिके माथि कानुनी कारबाही चलाई निज सिकेको नियुक्ति बदर गरिपाउँ भनि उजुरी परेको छ।-dineshkhabar

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.