डिभिजन सडक जनचेतनामूलक सन्देश

जोरायल गाउँपालिकाको वार्षिक सामाजिक परिक्षण सम्पन्न

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना

 

डोटीको जोरायल गाउँपालिकाले आज मंगलबार वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा संचालन गरिएको  कार्यक्रममा, उपाध्यक्ष जमुना बोहरा ,प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त भट्ट ,जनप्रतिनिधि ,बिषयगत साखा प्रमुख , गाउँपालिका कर्मचारी , पत्रकार तथा स्थानीयको  सहभागीता रहेको थियो ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पार्दर्शिता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सामाजिक परिक्षण गर्ने गरेको र प्राप्त सुझावलाई कार्यन्वयन गरेर अगाडि बढ्ने  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेलेदत्त भट्टले बताए ।

कार्यक्रममा बोल्दै  गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले पालिकाले सबैलाई समेटेर काम गरिरहेको र सक्ने जति काम गरेको बताए। उनले आफुहरुले नितिनियममा रहेर काम गर्दै गर्दा समेत चाहेजस्तो कार्यसम्पादन गर्न नसकेको बताए । आफुहरुलाई प्रदेश सरकार र केन्द्र सरकारका  अधुरा योजना र आउनुपर्ने जति बजेट न आउँदा धेरै जनगुनासो आउने गरेको बताए । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको सम्बन्धित कार्यालय प्रमुख र जनप्रतिनिधिले जवाफ दिएका थिए ।

त्यस्तै कार्यक्रममा   योजना छनोट, कार्यालयको काम , पालिकाको बेरुजु रकम, शिक्षा , स्वास्थ, कृषि,भौतिक योजना लगायत कार्यक्रममा आबस्यक सुधार गरेर अगाडि बढ्नुपर्ने सुझाव दिइएको थियो। कार्यक्रमको सहजीकरण नजर  मिडिया प्रा लि को तर्फबाट पत्रकार रामहरि ओझाले गरेका थिए ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.