पालिका स्तरीय अभिमुखिकर कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

युरोपियन युनियनको आर्थिक सहयोग र संयुक्त राष्ट्र सङ्घीय निकायहरु (आई एल ओ, युएन एफ पि ए, युनिसेफ र युएन वुमेन) द्धारा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, जोरायल गाउपालिका डोटी संगको समन्वय सहकार्य र निड्स नेपाल कञ्चनपुर द्धारा अभिमुखिकरण कार्यक्रम जोरायल गाउँपालिकामा सम्पन्न भएको हो । सशक्त महिला समृद्ध नेपाल परियोजनाले जोरायल गाउँपालिकाका अपांङ्गता समन्वय समिति, पालिका स्तरिय बिषयगत प्रमुख र जनप्रतिनिधि हरुलाई १ दिने अपांङ्गता अधिकार र नीतिगत ब्यबस्था सम्बन्धिको अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला वन डोटी

जोरायल गाउपालिका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रसाशकीय अधिकृत गणेश दत्त भट्ट, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत को सहभागीता रहेको थियो । त्यसैगरी अभिमुखिकरण कार्यक्रममा एफ पि ए, युनिसेफ, युएन वुमेन र निड्स नेपालका प्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

सोही कार्यक्रममा सुदूरपश्चिम बिश्व बिधालयका उप प्राध्यापक डा यज्ञ राज पाण्डेयले अपांङ्गता अधिकार र नीतिगत ब्यबस्था बारे सहजीकरण गर्नु भएको थियो । जोरायल गाउपालिकाका बिषयगत शाखा प्रमुखहरुले महिला मैत्री बजेट निमार्ण र कार्यान्वयनमा बिशेष पहल रहेको बिगतको असल अभ्यास रहेको बताएका थिए । पालिका स्तरका सबै शाखाले बजेट कार्यान्नवयनमा कुनै न कुनै शिर्षकमा महिला, बालबालिका तथा अपांगता भएका ब्यक्ति तथा समुदायको हक हितका लागी कार्यक्रम गर्ने गरेको बताए ।

जोरायल गाउपालिकाले महिला, बालबालिका तथा अपांङ्गता भएका ब्यक्ति तथा समुदायको हकहितको लागी बिभिन्न नीति तथा कार्यबिधी बनाएर कार्यक्रमहरु संचालन भईरहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले हानिकारक सामाजिक मुल्य मान्यताले मानब जीवनको बृद्धी र बिकासमा अबरोध गरिहेकोले समुदाय स्तरमा रुपान्तरण गर्न यो चुनौती बिषय बनेको बताउनुभयो । एक्लै पालिकाको प्रयास ले यो सम्भब नभएको र यसका लागी बिभिन्न सहयोगी साझेदार संघ सस्था, प्रदेश तथा संघिय सरकारको सहयोग र प्रतिबद्धताको खाचो रहेको अध्यक्ष ओझाले जोड दिनुभयो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.