एक वर्षदेखि विपिन जोशीको प्रतीक्षामा रहेकी आमा भन्छिन्- ‘सपनामा बोलेको देख्छु, नीद खुलिहाल्छ’

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौँ – गत वर्ष हमासले इजरेलमा अनपेक्षित रूपमा गरेको आक्रमणका क्रममा जोशीलाई पनि उक्त समूहले बन्धक बनाएको ठानिएको छ। तर एक वर्ष बितिसक्दा पनि न हमासले उनको अवस्था सार्वजनिक गरेको छ न त इजरेल वा नेपाल सरकारले नै उनीबारे केही बताउँन सकेको छ।

पोषण खाजा सम्बन्धि सन्देश

एक वर्षदेखि आफ्ना छोराको अवस्थाबारे बेखबर उनका बुवाआमाले भिमदत्त नगरपालिका-३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गर्दै घटस्थापनादेखि नवदुर्गाको नियमित पूजाअर्चना गरिरहेका छन्।

“दुर्गा भवानीले कृपा गर्नुहुन्छ कि भन्ने आशा छ। हामी ईश्वरसँग पनि त्यही (रिहाइ) मागिरहेका छौँ सरकारसँग पनि त्यही माग्छौँ,” विपिनकी आमा पद्‌मा जोशीले भनिन्।

युद्धग्रस्त क्षेत्रमा बन्धक बनाइएका आफ्ना छोरा एक वर्षसम्म पनि मुक्त नहुँदा पद्‌माका आँखामा अहिले पनि आँसु बगिरहेका छन्। आइतवार पनि छोराबारे टेलिफोनमा कुरा गर्दागर्दै पद्‌माको गला अवरुद्ध भयो। गतवर्ष अक्टोबर ७ पछि पद्‌माले विपिनलाई देखेको सपनामा मात्रै हो।

जिल्ला वन डोटी

“कहिलेकाहीँ सपनामा बोलेको देख्छु, नीद खुलिहाल्छ,” उनले भनिन्।

उनको परिवारका अनुसार विपिन फर्केर आउने प्रतीक्षामा परिवारले दुई वर्षअघि विपिनले छोडेर गएका लुगाफाटादेखि उनका प्रत्येक सामान सुरक्षित राखिरहेको छ।

तर हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल-शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि जोशीको अवस्था हालसम्म अज्ञात छ।

तीन मन्त्री फेरिए, अवस्था फेरिएन

विपिन जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए। जिल्लाकै मन्त्री भएका कारण पनि जोशी परिवारलाई विपिनलाई चाँडै मुक्त गराउन पहल हुने आशा थियो। तर उनी बन्धक भएको भनिएको एक वर्षमा परराष्ट्र मन्त्रालयमा तीन मन्त्री र दुई सरकार फेरिए।

अहिले त्यही क्षेत्रबाट सांसदमा निर्वाचित भएका रमेश लेखक गृहमन्त्री छन्।  यसअघि परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पनि जोशी परिवारसँगको भेटमा विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए।

-बिबीसी

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.