भारतीय नेता सिद्धिकीको हत्या गर्ने समूहले भन्योः अब सलमान खानको पालो

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

एजेन्सी– भारतको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) का नेता तथा महाराष्ट्र राज्यका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षामा कडाई गरिएको छ ।

सिद्धिकी हत्यामा गुन्डा नाइके लरेन्स बिश्नोईको गिरोहको संलग्नता खुलेपछि सलमानमाथि सुरक्षा थ्रेट हुन सक्ने आशंकामा सुरक्षा बढाइएको हो । लरेन्स समूहले बाबा सिद्धिकीको हत्याको जिम्मेवारी लिएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

सिद्धिकी सलमानका एक निकट सहयोगीसमेत थिए । सिद्धिकीको शनिबार राति मुम्बईमा गोली हानी हत्या गरिएको गरिएको थियो । लरेन्सको समूहले पटकपटक सलमानलाई ज्यान मार्ने धम्की दिँदै आएको छ ।

लरेन्सगिरोहका सदस्य शुभु लोन्करले सामाजिक सञ्जालमार्फत बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएका छन् । शुभुले सलमानको नाम लिँदै उनी र दाउद गिरोहलाई सहयोग गर्ने सबैलाई सचेत रहन धम्की दिएका छन् ।

धम्कीपछि सलमानको सुरक्षा बढाइएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।सलमान र उनका सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या बढाइएको छ । सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर बाक्लो सुरक्षा थैतानी बढाइएको इण्डिया टुडेले जनाएको छ ।-kathmandutoday

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.