
कैलालीको गोदावरी ३ का देवदत्त भट्टराईको आर्थिक समस्याको कारण उपचारमा समस्या आएको छ ।मस्तिष्कघात भएर अस्पताल भर्ना भएका भट्टराईको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ । कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती बस्दै आएका भट्टराईलाई एक्कासी अत्याधिक रक्तचापका कारण मस्तिष्कघात भई अस्पताल भर्ना गरिएको छ ।
विगत १२ दिन देखी धनगढी स्थित नवजिवन अस्पतालको सघन उपचार कक्षामा भेन्टिलेटर विधिबाट उपचार भईरहेको उनका आफन्त नन्दराज भट्टराईले बताएका छन् । ‘यहि साउन ८ गतेका दिन आफ्नो दैनिकी काम सकेर बेलुका घर फर्कने क्रममा चौकिडाँडाँ स्थित मालिका टोलमा घरका लागि तरकारी किन्ने क्रममा एक्कासी उनी बेहोस भए पछि उनलाई सोहि दिन धनगढी स्थित नवजिवन अस्पतालमा भर्ना गरिएको थियो ।


हाल बिरामीको स्वास्थ्यमा सामान्य सुधार भैरहेको र इन्ट्राक्रोनिएल मस्तिष्कघातको उपचार पद्धति महिनौ जाने उपचारमा संलग्न चिकित्सकले बताएको उनको भनाई छ । परिवारको आर्थिक अवस्था कमजोर रहेको र हाल सम्म पारिवारिक सहयोग तथा ऋण सापटी बाट उपचार गरिएको उनले बताएका छन् ।
चिकित्सकको सल्लाहअनुसार अब बिरामीको अवस्था हेरी थप उपचार निरन्तर गरिरहनुपर्नेे भएकाले विरामीको जीवन रक्षाका लागि सबैले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । बैतडीको पाटन नगरपालिका-१ सकार गणेशपुर घर भई हाल कैलालीको गोदावरी-३ मालाखेती बस्दै आएका देवदत्त भट्टराई लामो समय देखीका सवारी चालक हुन् ।
उनलाई सहयोग गर्न चाहनेले कुमारी बैंकमा धर्मेन्द्र भट्टराईको नाममा रहेको ०७५०२१७९३१९००००१ खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ ।



