
वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएकाे छ । आज भोटो देखाए संगै मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भएको छ।
रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै ज्योतिषीहरूले निकालेका साइतअनुसार रातो मच्छिन्द्रनाथको आज भोटो देखाउने कार्यक्रम सम्पन्न भएको छ।


गुठी संस्थान ललितपुरका प्रतिनिधिले रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ५:०० बजेपछि देखाइको थियो। भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो। रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा ल्याइ भोटो देखाइ समापन गर्ने परम्परा अनुसार आज सम्पन्न भएको छ ।

भोटोजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आइतबार अपराह्न जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।
कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।




शुभ कार्य को थालनी गर्नुभएको मा सम्पादक ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछु ।विशेषत हाम्रो जन्मभुमि जोरायल को सेरोफेरोमा घटेका सत्य तथ्य घटना लाई जस्ताको तस्तै पाठक सम्मन पुर्याउनु हुनेछ भन्नेमा पुर्ण आशावादी छु । त्यस क्षेत्र मा हुनेगरेका भ्रष्टाचार , अनियमितता र बस्ती का आवाजहरु तपाइका प्रमुख समाचार बन्नेछन । बिकास को सुस्त गति लाई तपाइको कलम ले खबरदार गर्नेनै छ । तपाइको कलम अनबरत निरन्तर चलिरहोस शुभकामना सम्पादक संगै सिङ्गो टिम लाई । 🙏🙏