गोरु तथा हली तिहार: कृषक र गोवर्द्धन पर्वतको पूजाआजा गर्दै तिहारको चौँथो दिन मनाइँदै

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

आज कात्तिक शुक्ल प्रतिपदा, तिहारको चौँथो दिन, नेपालभर गोरु र कृषकलाई सम्मान गर्दै पूजा गरिने दिन हो। वर्षभर कृषिकर्मका लागि गोरु जोतेर मानवहितमा सेवा गर्ने गोरुलाई आज विशेष सम्मानका साथ पूजा गरी मीठा खानेकुरा खुवाउने परम्परा छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेको प्रतीकका रूपमा पूजा गर्ने चलनसमेत रहेको छ।

यस अवसरमा हली तिहार पनि मनाइन्छ, जसमा वर्षभर गोरु जोत्ने हली र अन्य कृषकलाई सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ। यो दिन किसानहरूको अथक परिश्रमको कदर गर्न हली तिहारका रूपमा मनाइन्छ।

गोवर्द्धन पूजा: प्रकृति र भगवान श्रीकृष्णको स्मरण

आज गोवर्द्धन पर्वको पूजा पनि गरिन्छ। आँगनमा गाईको गोबरबाट पर्वत आकृति बनाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार, द्वापर युगमा भगवान श्रीकृष्णले गोवर्द्धन पर्वतलाई आफ्नो हत्केलामा उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएका थिए। यही सम्झनामा गोवर्द्धन पर्वको पूजा गरिन्छ।

गोवर्द्धन पूजा आज प्रतिपदा-सूर्योदय भएका दिन गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.