सांस्कृतिक महत्त्वको जोरायल तिहार (दुत्ते ) मेला सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटीको जोरायल गाउँपालिका-४, सिलङ्गिबागस्थित चडेउला थानमा लागेको सांस्कृतिक र ऐतिहासिक महत्त्वको तिहार (दुत्ते) मेला आज बिहान सफलतापूर्वक सम्पन्न भएको छ। यो मेला कात्तिक १७ गतेदेखि सुरु भई आज १९ गते बिहानसम्म तीन दिन चलेको थियो। मेलामा जोरायल क्षेत्रमा रहेका ३० भन्दा बढी देवी देवताका धार्मिक सांस्कृतिक झाँकी, बाजागाजा, चौलो, भोस्सो नाच संगै डेउडा लगायतका विविध परम्परागत प्रस्तुति प्रदर्शन गरिएको थियो।

जिल्ला वन डोटी

आज अन्तिम दिन बिहान सबै देवी देवताका देउरो समूहहरू  सिलङ्गिबाग स्थित चडेउलिथानमा एक आपसमा भेट भइसकेपछि  मेलाको समापन भएको हो ।आजै चडेउला देवता ब्यबस्थापन समितिले सबै सहभागी देउरो समूह र डेउडा कार्यक्रममा सहभागी डेउडिया कलाकारहरुलाई सम्मान सहितको बिदाइ गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष केशब खड्काले मेला रमाइलो र शान्तिपूर्वक सम्पन्न भएकोमा सहयोग गर्ने जनप्रतिनिधि, सुरक्षाकर्मी,सञ्चारकर्मी, स्वयंसेवक, र आयोजक समितिका पदाधिकारीहरूसहित सबै मेलाका सहभागीलाई धन्यवाद व्यक्त गरे।

पोषण खाजा सम्बन्धि सन्देश

समापन समारोहमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले किंवदन्ती अनुसार यो मेला जरासन्ध राक्षसको बध गरिएको खुशीयालीमा आयोजना गरिने विजय र्याली भएकाले यसको छुट्टै सांस्कृतिक  ऐतिहासिक महत्त्व र पहिचान रहेको बताए। साथै, यस संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सबैजनालाइ लाग्न र आफूहरू पनि सक्दो सहयोग गर्न सधैं तत्पर रहेको  बताए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.