सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटीको बडीकेदार गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले बताए ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदको अध्यक्षतामा संचालन गरिएको  कार्यक्रममा विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुको  सहभागीता रहेको थियो ।
कार्यक्रममा  बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले पालिकाले सबैलाई समेटेर काम गरिरहेको र सक्ने जति काम गरेको बताए। त्यसैगरी
उपाध्यक्ष डम्बरी बिष्ट कलेलले सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्ननको जवाफ् दिदै गाउँपालिकालाइ सबैको साझा गाउँपालिका बनाउने गरि काम गरिरहेको बताइन ।

त्यस्तै कार्यक्रममा सहभागीहरुले  योजना छनोट, सडक निर्माण , पालिकाको बेरुजु रकम, शिक्षा , स्वास्थ, कृषि लगायतका कार्यक्रमहरु भए पनि आवस्यक अनुगमन गरिनु पर्नेमा जोड दिएका थिए।  कार्यक्रममा राजनीति दल ,स्थानीय , जनप्रतिनिधि , कर्मचारी , पत्रकारहरुको सहभागीता रहेको थियोे।कार्यक्रमको सहजीकरण ठुला केदार मिडिया प्रालिले गरेको थियो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.