अमेरिकामा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपतिमा निर्वाचित

मन्त्रालय सन्देश १

एजेन्सी – अमेरिकामा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति निर्वाचित भएका छन्।

कुल ५३८ इलेक्ट्रोल कलेज मतमध्ये २७० मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत संख्याको सीमा पार गर्दै अमेरिकी राष्ट्रपतिको पदमा विजयी भएका हुन्। केही स्थानको मतगणना अझै बाँकी रहेपनि उनले आवश्यक मत प्राप्त गरिसकेका छन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने अवसर पाएका हुन्। उनको यो विजयलाई अमेरिकामा ऐतिहासिक पुनरागमनको रूपमा लिइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

राष्ट्रपति चुनावसँगै अमेरिकी संसदको दुबै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि निर्वाचन सम्पन्न भएको छ। रिपब्लिकन पार्टीले सिनेटमा बहुमत प्राप्त गरेको छ, जसले ट्रम्प प्रशासनलाई कानून निर्माण प्रक्रियामा सहयोग पुग्नेछ।

७८ वर्षीय ट्रम्प, सन् १८९३ मा ग्रोभर क्लिभल्यान्डपछि, गैर-लगातार कार्यकालका लागि निर्वाचित हुने दोस्रो व्यक्ति बनेका छन्। यसअघि उनी सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपतिको कार्यकाल सम्हालिसकेका थिए।

यो चुनावमा कूल २३ करोड १० लाख अमेरिकी नागरिक मतदानका लागि योग्य भए पनि, १६ करोड ८० लाखले मात्र नाम दर्ता गरेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.